सुमनराज अर्याल बने मुख्यसचिव « Khabarhub

सुमनराज अर्याल बने मुख्यसचिव


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ।

एकनारायण अर्याल अवकाशमा गएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नयाँ मुख्यसचिव बनाएको हो ।

मुख्यसचिव एकनारायण अर्याल मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। त्यसअघि नै नयाँ मुख्यसचिवमा अर्का अर्याललाई नियुक्त गरिएको हो ।

सरकारले वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमताको मूल्यांकन गरेर अर्याललाई कर्मचारीको उच्च नेतृत्व सुम्पिएको हो । मुख्यसचिवका लागि अर्यालसँगै प्रमिला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम चर्चामा थियो ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि राजनीतिक प्रभाव, विचौलिया र शक्ति समूहको दबाबमा नपरी मुख्यसचिव नियुक्त हुनुपर्ने माग कर्मचारी बृत्तले राखेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : २२ बजे

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने