सुमनराज अर्याल बने मुख्यसचिव « Khabarhub

सुमनराज अर्याल बने मुख्यसचिव


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ।

एकनारायण अर्याल अवकाशमा गएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नयाँ मुख्यसचिव बनाएको हो ।

मुख्यसचिव एकनारायण अर्याल मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। त्यसअघि नै नयाँ मुख्यसचिवमा अर्का अर्याललाई नियुक्त गरिएको हो ।

सरकारले वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमताको मूल्यांकन गरेर अर्याललाई कर्मचारीको उच्च नेतृत्व सुम्पिएको हो । मुख्यसचिवका लागि अर्यालसँगै प्रमिला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम चर्चामा थियो ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि राजनीतिक प्रभाव, विचौलिया र शक्ति समूहको दबाबमा नपरी मुख्यसचिव नियुक्त हुनुपर्ने माग कर्मचारी बृत्तले राखेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली