‘जारी २’ को व्यापार कमजोर, ग्रस कलेक्सन ६ करोड पुग्नै मुस्किल « Khabarhub

‘जारी २’ को व्यापार कमजोर, ग्रस कलेक्सन ६ करोड पुग्नै मुस्किल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई ६ करोड ग्रस कलेक्सन पु¥याउनै मुस्किल देखिएको छ ।

बुकिङमा चाप देखिएको यो फिल्मको व्यापार दोस्रो साताबाट आरोलो यात्रामा छ । चलचित्र विकास बोर्डका अनुसार १६ प्रदर्शन दिनमा यस फिल्मले ५ करोड ८९ लाख ग्रस कलेक्सन गरेको छ ।

उक्त अवधिमा यस फिल्म हेर्नका लागि १ लाख ९५ हजार ४२२ वटा टिकट बिक्री भएको बोर्डको आँकडामा देख्न सकिन्छ ।

सामान्य अवस्थामा ग्रस कलेक्सन पाँच करोड नाघ्नुलाई औषत व्यापार मान्ने गरिन्छ । ‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले यसको सुरुवाती १६ दिनको व्यापार कमजोर हो ।

०७९ मा प्रदर्शनमा ‘जारी’ आएको त्यस वर्षको हिट फिल्म हो । बोर्डका अनुसार उक्त फिल्मको लाइफटाइम ग्रस कलेक्सन १७ करोड १७ लाखभन्दा केही बढी छ ।

यस फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् । नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर यस फिल्मको शीर्ष भूमिकामा छन् ।

यही फिल्मसँग एक साथ प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ले सुरुवाती १६ दिनमा तीन कराेड ४० लाख ग्रस कलेक्स कटाएको बोर्डले बताएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ५७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने