एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित « Khabarhub

एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता १ सय ९ जनामा डेंगु परिक्षण गर्दा ५५ जनामा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ८२ पुगेको छ । 

बागमती प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार २५ पुगेको छ भने गण्डकीमा २ हजार, लुम्बिनीमा १ हजार ३ सय ४, कोशीमा १ हजार ८, सुदूरपश्चिममा ८ सय ४५, कर्णालीमा ५ सय २४ र मधेश प्रदेशमा १ सय ७६ जनामा डेंगुको सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । 

गर्मी र वर्षातको समयमा ताराई क्षेत्रमा मात्र देखिने डेंगु पछिल्लो समय बाह्रै महिना तथा हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ४० बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार