चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर « Khabarhub

चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सुरुवाती चार ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ ओभरको चार विकेट गुमाएको हो ।

खेल ९ ओभरमा पुग्दा टिम ४ विकटको क्षतिमा ४८ रनको दयनीय अवस्थामा पुगेको छ ।

नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सुरुवाती चार ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । चौथो विकेटका रुपमा इशान पाण्डेलाई रन आउट भएका हुन् । उनले २ बलमा केबल २ रन जोडे ।

सात ओभरको अन्तिम बलमा सुदूरपश्चिमका क्रिस लिन आउट भएका हुन् । तेस्रो विकेटका रुपमा मैदानबाट बाहिरएका उनले २० बल खर्चेर १८ रन जोडे । कर्णालीका युवराज खत्रीले विलियम विसिस्टोमार्फत् क्याच आउट गराउनु अघि उनले दुई चौका प्रहार गरे ।

४ ओभरको चौथो बलमा दोस्रो विकेटका रुपमा ओपनर बिनोद भण्डारी आउट भएका हुन् । १३ बलमा एक चौकाको सहयोगमा ११ रन जोडेका बिनोदलाई बिपीन शर्माले एलबीडब्ल्यू धरापमा पारे ।

अर्का ओपनर जोश ब्राउन गोल्डेन डक आउट भएका हुन् । पहिलो ओभरको पहिलो बलमा उनलाई कर्णालीका कप्तान सोम्पाल कामीले बोल्ट गरेका हुन् ।

सुरुवाती चार ब्याटर सस्तैमा आउट भएपछि सुदूरपश्चिको ब्याटिङ संकटमा धेकेलिएको छ । बलियो चुनौती प्रस्तुत गर्न सुदूरपश्चिमलाई आक्रमक प्रस्तुती दिने ब्याटरको खाँचो देखिन्छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले पहिला बलिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ५४ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी