कर्णालीको बलिङमा दबदबा, सुदूरपश्चिमले दियो १४० रनको सामान्य लक्ष्य « Khabarhub

कर्णालीको बलिङमा दबदबा, सुदूरपश्चिमले दियो १४० रनको सामान्य लक्ष्य


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा बलिङमा कर्णाली याक्स दबदाब रहँदा सुदूरपश्चिम रोयल्सले ०० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारितक २० ओभरको ९ विकेट गुमाएर १३९ रन बनाएको हो । 

कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए ।

पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ ग¥यो । सोमपालले जोश र हर्मित सिंह जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए । 

उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।

किफयाती बलिङ गरेका नन्दनले आरिफ शेख र स्कट कुगेलेइजनको विकेट लिए । ३ ओभर बलिङ गर्दा उनले मात्र ११ रन दिए । 

कर्णालीका विपिन शर्माले ओपनर विनोद भण्डारीको विकेट लिए । चार ओभर बलिङ गर्दा उनले २६ रन दिए । 

मार्क वाटले सुदूरपश्चिमका दीपेन्द्रसिंहको महत्त्वपूर्ण विकेट लिए । चार ओभर बलिङ गर्दा उनले १९ रन खर्चिए ।
 
पहिलो विकेट गएसँगै दबाबमा गएको सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने दीपेन्द्रसिंह ऐरी हुन् । उनले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन जोडे । 

८ ओभरको तेस्रो बलमा चौथो विकेट खसेपछि ऐरी क्रिजमा आएका थिए । त्यसबेला सुदूरपश्चिम चार विकेटको क्षतिमा ४६ रनको दयनीय अवस्थामा थियो । 

१७ ओभरको चौथो बलमा ऐरी आउट हुँदा उनको टिम ८ विकेटको क्षतिमा १३५ रनको उकासिएको अवस्थामा पुगेको थियो । 

आशिफ शेख सर्वाधिक रन जोड्ने दोस्रो खेलाडी बने । उनले २५ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे । हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइजनले १० रन जोडे । 

नरेन साउद र जोश ब्राउनले रनको खाता खोल्न सकेनन् । दुवै सोमपालको बलको शिकार भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११