तीनजना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा « Khabarhub

तीनजना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। मन्त्रालयको सोमबारको निर्णयअनुसार जनपद समूहका डीआईजीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले जारी गरेको पत्रमा सरुवा भएका अधिकृतहरूको जिम्मेवारी पनि तोकिएको छ।

डीआईजी विनोद घिमिरेलाई नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, नक्सालबाट कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको प्रमुख बनाइएको छ।

उता अर्का डीआईजी दिलिप सिंह देउवालाई नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा सरूवा गरिएको छ।

अर्का डीआईजी दीपक कुमार बस्नेतलाई प्रदेश समन्वय विभागबाट अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरूवा गरिएको छ ।

गृह मन्त्रालयबाट आएको पत्रसँगै नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा कार्यान्वयनको लागि सम्बन्धित कार्यालयहरूलाई सूचना पठाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ५९ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने