तीनजना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा « Khabarhub

तीनजना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। मन्त्रालयको सोमबारको निर्णयअनुसार जनपद समूहका डीआईजीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले जारी गरेको पत्रमा सरुवा भएका अधिकृतहरूको जिम्मेवारी पनि तोकिएको छ।

डीआईजी विनोद घिमिरेलाई नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, नक्सालबाट कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको प्रमुख बनाइएको छ।

उता अर्का डीआईजी दिलिप सिंह देउवालाई नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा सरूवा गरिएको छ।

अर्का डीआईजी दीपक कुमार बस्नेतलाई प्रदेश समन्वय विभागबाट अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरूवा गरिएको छ ।

गृह मन्त्रालयबाट आएको पत्रसँगै नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा कार्यान्वयनको लागि सम्बन्धित कार्यालयहरूलाई सूचना पठाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ५९ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता