सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ « Khabarhub

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन । 

अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उनले उनीहरूलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताए। अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो । 

परिसरमा जेन-जी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ । त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत-व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ ।
 
आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । त्यसमध्ये सात जनाको अझैसम्म पहिचान छैन । सो समयमा हराएका सात जनाको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ । 

‘चुच्चेपाटीको भाटभटेनीमा सात वटा कंकाल फेला परेका हुन्, जसले आशंका गरेका छन्, फेला परेको शव पूर्णरुपले जलेकाले डिएनएनको नमुना पाउन सकिएन’, उनले भने, ‘पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छौँ, सो शवको पहिचान नभएसम्म त्यसको यकिन गर्ने आधार देखिएन ।’

यसबीचमा विभिन्न कसुरमा १५४ वटा दर्ता भएको, २६७ जनालाई पक्राउ गरिएको, ८७ जना हाजिर जमानीमा छुटेका, ११३ जना हिरासतमा रहेको, ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : १२ बजे

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

पर्सा – स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई

कांग्रेसभित्रको किचलोबारे राष्ट्रपतिको चासो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले

मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’

काठमाडौं – यहाँँको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता

आशा गरेकै ब्याटरले राम्रो नखेल्दा हार्‍यौंः कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडौँ- कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले