दोस्रो ओभर कर्णालीले गुमायो पहिलो विकेट, आउट भए पञ्चाल « Khabarhub

दोस्रो ओभर कर्णालीले गुमायो पहिलो विकेट, आउट भए पञ्चाल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले दोस्रो ओभरको पाँचौँ बलमा प्रियांक पञ्चाललाई गुमाएको छ । 

यस सिजनको दोस्रो सर्वाधिक रन बनाउने पञ्जाललाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बिनोद भण्डारीमार्फत् क्याच आउट गराएका हुन् ।

आजको खेलमा पञ्चालको ब्याटिङ चलेन । पञ्चाल पाँच बलमा सामना गर्दा रनको खाता नखोली आउट भएका हुन् ।
टिमको पहिलो खेलमा पञ्चाल चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । उनी सिजनको सर्वाधिक दोस्रो रन बनाउने खेलाडी हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : २१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस