नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति « Khabarhub

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । 

सोमबार काठमाडौंमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।

महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरूको हितका लागि बनेको बताए । 

उनले अहिलेको व्यवस्थामा निर्वाचन भएर गठन हुने प्रतिनिधिसभाले देशको समस्या समाधान गर्नै नसक्ने बताए । संसदमा असफल भएका व्यक्तिहरू आउने क्रममा नरोकिएसम्म देश सफल बाटोमा अघि बढ्न नसक्ने उनले बताए । 

नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्थाहरू असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको उनले जानकारी दिए । 

वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमिक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाई थियो । 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : २० बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार