कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली « Khabarhub

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको धारिलो बलिङले कर्णाली याक्स ४५ रनले पराजित भएको छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णालीलाई सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै लिएर ९४ रनमा समेटेको हो ।

यो सुदूरपश्चिमको शतप्रतिशत तेस्रो जित हो । यस टिमले पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई हराएको थियो । 

कर्णालीले भने तीन खेलमा दुई हार सहेको छ । यसअघि कर्णालीले लुम्बिनी लायन्ससँग जित निकालेको थियो भने चितवन राइनोजसँग हार बेहोरेको थियो ।

 बलिङ निर्णायक रहेको यस खेलमा सुदूरपश्चिमका कप्तान ऐरीले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटको महत्तवपूर्णसहित चार विकेट लिए ।

प्रियांकले पाँच बलको सामना गर्दा रनको खाता खोल्न सकेनन् । मार्क १० बलमा १७ रन जोडेर आउट भए । 

मार्क जारी सिजनको सर्वाधिक रनकर्ता हुन् । मार्कले लुम्बिनी लान्यसविरुद्ध अविजित ११४ रन प्रहार गरेर रेकर्ड बनाएका हुन् । सिजनको एक्लो शतक हान्ने मार्क नै हुन् । 

सिजनको दोस्रो रनकर्ता प्रियांक पञ्चाल हुन् । उनले चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए । तत्कालीन समयका सर्वाधिक रनकर्ता पञ्चालको रेकर्ड आफ्नै टिमका मार्कले तोडेका थिए । 

ऐरीले ब्याटर नजिबुल्लाह जद्रानलाई पनि सस्तैमा आउट गराए । जद्रानले ४ बल खेलेर १ रन मात्रै जोडे । 

पहिलो विकेट झरेपछि ब्याटिङमा गएका विलियम बोसिस्टोलाई सुदूरपश्चिमका हेमन्त धामीले ३ रन जोडेको अवस्थामा आउट गरे । विलियमले ९ बल खर्चिए । 

कर्णालीबाट सर्वाधिक २७ रन जोड्ने पवन सर्राफ सुदूरपश्चिमका अभिनास बोहोराको बलिङमा क्याच आउट भए । अभिनासले ३ ओभर २ बल बलिङ गर्दा २ विकेट लिँदै १४ रन दिए ।

स्कट कुगेलेइजनले किफयाती बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा १ विकेट लिएर मात्रै ९ रन दिए । 

हर्मित सिंहले २ विकेट लिए । १ ओभर बलिङ गर्दा उनले ६ रन दिएर १ विकेट लिए । हेमन्त धामीले २ ओभर बलिङ गर्दा एक विकेट लिएर ११ रन खर्चिए ।

ब्याटिङतर्फ कर्णालीका ब्याटरहरुको प्रस्तुती सुखद रहेन । सूरुवातदे्खि नै यो टिमले ब्याटिङमा लय समात्न सकेन । यो खेलमा कर्णाली मात्रै २ छक्का र ८ चौका प्रहार गर्‍यो ।

सबैभन्दा बढी २७ रन हान्ने कर्णालीका खेलाडी पवन सराफ हुन् । उनले २६ बलमा ४ चौका हान्दै २७ रन जोडे । मार्कले १७, कप्तान सोमपाल कामीले १४, गुल्सन झा र अर्जु घर्तीले समान १३–१३ रन जोडे ।

कर्णालीका ६ खेलाडीले दोहोरो रन बनायन सकेनन् । तीमध्ये ओपनर प्रियांक, युवाराज खत्री र विपीन शर्मा रनविहीन बने ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : ३८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार