अझै फर्किएनन् १२४ कैदीबन्दी « Khabarhub

अझै फर्किएनन् १२४ कैदीबन्दी


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन – जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते यहाँको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।

कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् । कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दाका १०, हिउँ चितुवा अखेटो प्रहार ओसारपसारका पाँच, बैंकिङ कसुर, सवारी ज्यान अङ्गभङ्ग मुद्दाका तीन÷तीन जना, ठगी कृते, सहकारी ठगी, खोटा मुद्रा मुद्दाका दुई÷दुई जना फरार रहेका छन् । डाँका, हातहतियार तथा खरखजना, विद्युतीय कारोबार, अभद्र व्यवहार, अपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, मानव बेचविखन र अपहरण मुद्दामा एक÷एक जना फरार रहेका छन् ।

हालसम्म कारागारमा सम्पर्कमा नआएकामध्ये ११ जना भारतीय नागरिक रहेका छन् । उनीहरूसहित दुई जना बालबालिका सम्पर्कमा आएका छैनन् । ढुङ्गानाका अनुसार हालसम्म ६१५ जना कैदीबन्दी फर्किएका छन् । उनीहरूसँग आश्रित दुई बालबालिका पनि छन् ।

फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरीले दैनिकजसो फरार कैदीबन्दी पक्राउ गरेर ल्याउने गरेको सुनाए । मातहतका सबै जनशक्तिले फरार रहेकाको खोजीलाई तीव्रता दिएको उनले बताए ।

कारागार व्यवस्था विभागले असोज २० गतेसम्म कारागार फर्कन गरेको अनुरोधको समयभित्र ५७४ जना फर्किएका थिए । सम्पर्कविहीन भएकाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए । उनले जिल्ला कारागारमा हाल बाहिरी जिल्लाका छ र चितवनका पाँच जना कैदीबन्दी अन्य कारागारमा रहेका बताए ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ । फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ३७ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल