मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ « Khabarhub

मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यहाँँको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा ‘खेल तारकेश्वरको सन्देश एकताको’ भन्ने मूल नारासहित आगामी यही मङ्सिर १३ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ६० विद्यालयका करिब पाँच हजार विद्यार्थीले भाग लिने नगरप्रमुख कृष्णहरि महर्जनले जानकारी दिए ।

मङ्सिर १३ गतेदेखि २० गतेसम्म हुने प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, चेसलगायत १२ विधाका खेल खेलाइने उहाँले बताउनुभयो । खेलमा १८ वर्ष मुनिका बालबालिका सहभागी हुनेछन् । प्रतियोगिताको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।

कूल २३४ पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन वडा नं ८ को पिपलडाँडा मैदानमा र समापन वडा नं ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्तना हासिल गर्नेलाई क्रमशः रु एक लाख, ६० हजार, ४० हजार र २० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिने छ । तारकेश्वरको टोलीले राष्ट्रपति रनिङ शिल्डमा पछिल्ला दुई वर्ष काठमाडौँ जिल्लामा पहिलो स्थान हाँसिल गर्न सफल भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ४३ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम