जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना « Khabarhub

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याएको बताएका छन्।

सोमबार जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा नेपाल सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै उनले यस्ता कार्यक्रमले विपन्न नागरिकलाई गुणस्तरीय उपचार सेवामा पहुँच वृद्धि गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, नेपाली सेना मधेश प्रदेशस्तरीय मध्यपूर्वी पृतना महोत्तरी बर्दिवासका पृतना प्रमुख उपरथी कृष्णबहादुर जिसीले स्वास्थ्य सेवा जनतामै पुग्ने उद्देश्यका साथ नेपाल सेनाले विभिन्न जिल्लामा निरन्तर रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए।

उनका अनुसार समाजसँगको सैनिक–नागरिक समन्वय सुदृढ गर्न तथा नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउन नेपाल सेना प्रतिबद्ध रहेको उल्लेख गरे।

उपरथी जिसीले शिविरमा विशेषज्ञ चिकित्सक, आवश्यक औषधि, उपकरण तथा प्रयोगशाला सेवा समेत उपलब्ध गराइएकाले स्थानीय नागरिकले एकै ठाउँमा बहुआयामिक उपचार सेवा पाउने बताए।

सेनाको सहकार्यमा आयोजित उक्त स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आँखा उपचार, दन्त सेवा, स्त्रीरोग, प्रयोगशाला सेवा लगायत विभिन्न विशेषज्ञ चिकित्सकद्वारा परामर्श र उपचार प्रदान गरिएको छ।

स्वास्थ्य शिविरमा स्थानीय बासिन्दा उत्साहजनक रूपमा सहभागी थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ४६ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले