जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना « Khabarhub

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याएको बताएका छन्।

सोमबार जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा नेपाल सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै उनले यस्ता कार्यक्रमले विपन्न नागरिकलाई गुणस्तरीय उपचार सेवामा पहुँच वृद्धि गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, नेपाली सेना मधेश प्रदेशस्तरीय मध्यपूर्वी पृतना महोत्तरी बर्दिवासका पृतना प्रमुख उपरथी कृष्णबहादुर जिसीले स्वास्थ्य सेवा जनतामै पुग्ने उद्देश्यका साथ नेपाल सेनाले विभिन्न जिल्लामा निरन्तर रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए।

उनका अनुसार समाजसँगको सैनिक–नागरिक समन्वय सुदृढ गर्न तथा नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउन नेपाल सेना प्रतिबद्ध रहेको उल्लेख गरे।

उपरथी जिसीले शिविरमा विशेषज्ञ चिकित्सक, आवश्यक औषधि, उपकरण तथा प्रयोगशाला सेवा समेत उपलब्ध गराइएकाले स्थानीय नागरिकले एकै ठाउँमा बहुआयामिक उपचार सेवा पाउने बताए।

सेनाको सहकार्यमा आयोजित उक्त स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आँखा उपचार, दन्त सेवा, स्त्रीरोग, प्रयोगशाला सेवा लगायत विभिन्न विशेषज्ञ चिकित्सकद्वारा परामर्श र उपचार प्रदान गरिएको छ।

स्वास्थ्य शिविरमा स्थानीय बासिन्दा उत्साहजनक रूपमा सहभागी थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ४६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको