कांग्रेसभित्रको किचलोबारे राष्ट्रपतिको चासो « Khabarhub

कांग्रेसभित्रको किचलोबारे राष्ट्रपतिको चासो


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको आन्तरिक विषयमा खुलेर बोल्न निमल्ने बताएका छन्।

सोमबार आफूलाई भेट्न शीतलनिवास पुगेका नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग कुरा गर्दै उनले आफूलाई कांग्रेसको चासो र चिन्ता भएपनि बोल्न नमिल्ने बताए।

भेटबारे जानकारी दिँदै लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुनले आफूहरूले पार्टीको विषयमा कुरा उठाएको बताए।

‘तपाईं कांग्रेसमात्र होइन सबै दलको अभिभावक हो। त्यसमाथी झन् कांग्रेसको अभिभावक हो। कांग्रेसको बेथितीलाई थितीमा लैजानु पर्छ भनेर नेतृतवलाई सम्झाइदिनुहोस भनेर हामीले भन्यौँ‚’ पुनले भने‚‘विधि विधानको विषय नेतृत्वलाई सम्झाइदिन अनुरोध गर्‍यौं।’

जवाफमा राष्ट्रपति पौडेलले नियमित वा विशेष जे महाधिवेशन गरे पनि मिलेर अघी बढ्न सुझाव दिएको उनले बताए।

‘म यस पदमा भएर धेरै कुरा गर्न मिल्दैन । मैले गर्न सक्ने कुरा गरेकै छु र गर्ने नै छु। मिलेर जानुस्। नियमित वा विशेष जे गर्दा हुन्छ त्यही गर्नुहोस् भन्नु भयो‚’ राष्ट्रपति पौडैलको भनाइ उदृत गर्दै पुनले थपे।

राष्ट्रपति पौडेललाई भेट्न नेताहरू पुनसहित गुरूराज घिमिरे‚ देवराज चालिसे‚नरेन्द्र केरूङ‚ सुवास भट्टराई‚ रमेश धमला‚ बलदेव तिम्सिना‚जनक गिरी लगायत पुगेका थिए। एक घण्टासम्म चलेको संवादमा आसन्न निर्वाचनको समेत विषय उठेको थियो।

‘निर्वाचनको वातावरण कस्तो छ? साँच्चै निर्वाचन हुन्छ भने हामी कस्सिएर लाग्छौँ भनेर पनि हामीले भन्यौ‚’ पुनले थपे।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ५६ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई