मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ हाे: शंकर पोखरेल « Khabarhub

मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ हाे: शंकर पोखरेल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’का रूपमा रहने दाबी गरेका छन्। उनले एमालेको महाधिवेशनमा उपस्थित जनमानसको बलमा लोकतान्त्रिक प्रक्रिया फर्किने अपेक्षा रहेको बताए।

पार्टीको ११ औँ महाधिवेशन सफल पार्न टोल–टोलबाट कार्यकर्ताहरू काठमाडौं आउने पाेखरेलकाे भनाइ छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशनकेन्द्रित प्रचार रणनीतिसम्बन्धी बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।

पोखरेलका अनुसार एमालेले मङ्सिर २७ गते हुने उद्घाटन सत्रमा जनसहभागिता जुटाउनका लागि मुख्यतः बागमती, गण्डकी र मधेश प्रदेशमा व्यापक रूपमा जनपरिचालन गरिने बताए। एमालेले प्रतिनिधि चयनदेखि नेतृत्व चयनसम्म लोकतान्त्रिक विधि अपनाउने पोखरेलको भनाइ छ।

‘पार्टीले नीतिमा छलफलमा नगरी नेतृत्वमा मात्र छलफल गर्ने तयारी गरेको छ भनेर पार्टीभित्रकै केही साथीहरूले भनेको सुन्छु,’ महासचिव पोखरेलले भने, ‘नीतिका बारेमा हामीले भदौ २० देखि २२ गतेसम्म आयोजना गरेको विधान महाधिवेशनमा पर्याप्त छलफल गरेका छौँ। त्यसैले अहिले नेतृत्वको बारेमा मात्रै छलफल र निर्णय हुन्छ।’

पार्टी तथा नेतृत्वलाई धेरैतिरबाट प्रहार भइरहेकोले त्यसलाई रोक्नका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ। महासचिव पोखरेलले नेतृत्वका विरुद्ध हुन सक्ने जस्तोसुकै प्रहारविरुद्ध एकमना एकताका साथ उभिनुपर्ने समय आएको बताए। बैठकमा स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको प्रचार योजनाको खाका प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : १८ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल