मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ हाे: शंकर पोखरेल « Khabarhub

मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ हाे: शंकर पोखरेल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’का रूपमा रहने दाबी गरेका छन्। उनले एमालेको महाधिवेशनमा उपस्थित जनमानसको बलमा लोकतान्त्रिक प्रक्रिया फर्किने अपेक्षा रहेको बताए।

पार्टीको ११ औँ महाधिवेशन सफल पार्न टोल–टोलबाट कार्यकर्ताहरू काठमाडौं आउने पाेखरेलकाे भनाइ छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशनकेन्द्रित प्रचार रणनीतिसम्बन्धी बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।

पोखरेलका अनुसार एमालेले मङ्सिर २७ गते हुने उद्घाटन सत्रमा जनसहभागिता जुटाउनका लागि मुख्यतः बागमती, गण्डकी र मधेश प्रदेशमा व्यापक रूपमा जनपरिचालन गरिने बताए। एमालेले प्रतिनिधि चयनदेखि नेतृत्व चयनसम्म लोकतान्त्रिक विधि अपनाउने पोखरेलको भनाइ छ।

‘पार्टीले नीतिमा छलफलमा नगरी नेतृत्वमा मात्र छलफल गर्ने तयारी गरेको छ भनेर पार्टीभित्रकै केही साथीहरूले भनेको सुन्छु,’ महासचिव पोखरेलले भने, ‘नीतिका बारेमा हामीले भदौ २० देखि २२ गतेसम्म आयोजना गरेको विधान महाधिवेशनमा पर्याप्त छलफल गरेका छौँ। त्यसैले अहिले नेतृत्वको बारेमा मात्रै छलफल र निर्णय हुन्छ।’

पार्टी तथा नेतृत्वलाई धेरैतिरबाट प्रहार भइरहेकोले त्यसलाई रोक्नका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ। महासचिव पोखरेलले नेतृत्वका विरुद्ध हुन सक्ने जस्तोसुकै प्रहारविरुद्ध एकमना एकताका साथ उभिनुपर्ने समय आएको बताए। बैठकमा स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको प्रचार योजनाको खाका प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : १८ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली