धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य : मोदी « Khabarhub

धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य : मोदी


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। रोम्यान्स, कमेडीदेखि लिएर कडा एक्सनसम्मका भूमिकामा समान कौशल प्रदर्शन गर्ने क्षमता भएकाले उनलाई बलिउडका सर्वाधिक बहुप्रतिभाशाली अभिनेतामध्ये मानिन्छ।

उनको निधनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक महत्वपूर्ण अध्याय अन्त्य भएको मोदीले लेखेका छन् । “हरेक भूमिकामा मौलिकता, गहिराइ र प्राकृतिक अभिनय भर्ने उहाँको शैली असाधारण थियो,” प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्।

पछिल्ला केही महिनादेखि स्वास्थ्य समस्यामा रहँदै आएका धर्मेन्द्र उपचारका लागि मुम्बईको एक अस्पतालमा भर्ना भएका थिए। करिब ६० वर्ष लामो आफ्नो चम्किलो करियरमा उनले २५० भन्दा बढी चलचित्रमा अभिनय गरे। अभिनयसँगै राजनीतिक यात्रामा समेत सक्रिय रहेका धर्मेन्द्र भारतका प्रतिष्ठित नागरिक सम्मानमध्ये एकबाट सम्मानित पनि भएका छन्।

१९८० दशकमा एक्सन–प्रधान फिल्महरूमा उत्कृष्ठ प्रदर्शन गर्दै उनले ‘हि–म्यान’को उपनाम पाए। यद्यपि त्यसअघि र त्यसपछि उनले निभाएका थुप्रै पात्रहरू बलिउड इतिहासका अमूल्य कोसेढुङ्गा बनेका छन्। विशेषगरी, १९७५ को सुपरहिट फिल्म ‘सोले’मा उनले जीवन्त पारेको ‘वीरु’ पात्र आज पनि दर्शकमाझ उत्तिकै लोकप्रिय छ।

छ सन्तानका पिता रहेका धर्मेन्द्र छोराहरू सन्नी र बबी देओलको फिल्म करियरमा समेत सक्रिय रुपमा संलग्न हुँदै देओल परिवारलाई बलिउडमा मजबुत रूपमा उभ्याउनमा महत्वपूर्ण भूमिका खेलेका थिए। धर्मेन्द्रको अन्तिम अभिनय रहेको फिल्म निर्देशक श्रीराम राघवनको ‘इक्किस’ आगामी महिना प्रदर्शन हुने तय भएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : ४४ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका