हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु « Khabarhub

हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य प्रमुख र लडाकू समूहका अन्य सदस्यहरूको मृत्यु भएको भोलिपल्ट सोमबार उनीहरूको अन्त्येष्टि गरिएको छ।

इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका शीर्ष सैन्य कमान्डर हेथम अली तबाताबाई इजरायल र हेजबुल्लाहबीच गत बर्ष भएको युद्धविरामपछि मारिने हेजबुल्लाहका सबैभन्दा उच्च सैन्य कमान्डर हुन्।

इजरायलले लेबनानमा आफ्नो आक्रमण बढाएको र संयुक्त राज्य अमेरिकाले बेरुत सरकारलाई इरान समर्थित हेजबुल्लाहलाई निशस्त्र गर्न दबाब बढाएको समय शुक्रबार भएको हो।

इजरायली सेनाले हिजबुल्लाहका प्रमुख जनरल स्टाफ हेथम अलि तबाताबाइ आफ्नो आक्रमणमा मारिएको पुष्टि गरेको छ।

उक्त समूहले आक्रमणमा तबाताबाई र अन्य चार सदस्यको मृत्यु भएको घोषणा गरेको थियो।

बेरुतको दक्षिणी उपनगरमा, हेजबुल्लाहको प्रभुत्व रहेको घना जनसंख्या भएको क्षेत्रमा सयौँ समर्थकहरू तबाताबाई र उनका दुई साथीहरूको लागि सोमबारको अन्त्येष्टि जुलुसमा सामेल भएका थिए।

एएफपीका एक संवाददाताका अनुसार हेजबुल्लाहका सदस्यहरूले उक्त समूहको पहेँलो पोशाकमा ‘कफिन’ बोकेर सहभागी भएका थिए।

इजरायल र अमेरिकाबिरूद्ध नारा लगाएको उक्त समर्थकहरूको भीडले समूहका नेता र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए।

अन्त्येष्टिमा सहभागी हिजबुल्लाह समूहका शुभेच्छुकले तबाताबाईले इजरायलसँगको सबैभन्दा पछिल्लो युद्धपछि सैन्य नेताको भूमिका ग्रहण गरेका थिए।

समूहलाई पुनः संगठित हुनबाट रोक्न युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण गर्दै आएको छ।

हिजबुल्लाहले इजरायलसँगको सीमाबाट करिब ३० किलोमिटर टाढा लितानी नदीको उत्तरमा फिर्ता हुने र त्यहाँ आफ्नो सैन्य पूर्वाधार भत्काउने सहमतिपछि गत वर्ष युद्धविराम सम्झौता भएको थियो।

सरकारद्वारा अनुमोदित योजनाअन्तर्गत, लेबनानको सेनाले यस वर्षको अन्त्यसम्म यस क्षेत्रमा हेजबुल्लाहलाई निशस्त्रीकरण गर्ने काम समाप्त गर्नुपर्नेछ।

हिजबुल्लाहले निशस्त्रीकरणको आह्वानलाई अस्वीकार गरेको छ।

तबाताबाईको हत्यापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘हेजबुल्लाहलाई आफ्नो शक्ति पुनः निर्माण गर्न नदिने’ बताएका थिए र लेबनान सरकारलाई ‘हेजबुल्लाहलाई निशस्त्र गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न’ आग्रह गरेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : ४५ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका