विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर « Khabarhub

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं दिन माता जानकीको मटकोर विधि मनाइएको छ । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज मटकोर सम्पन्न गरिएको हो ।

त्यस क्रममा जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको एतिहासिक गङ्गासागरमा पुगेर भव्यतापूर्वक मटकोर सम्पन्न भएको हो । यो विवाहपूर्वको विधि हो ।

आज महोत्तरीको मटिहानीमा पनि ‘मटकोर’ सम्पन्न भएको छ । मटिहानीस्थित लक्ष्मीनारायण मठले रामजानकी विवाह महोत्सवको ‘मटकोर’ विधि सम्पन्न गरेको हो । हिन्दू मैथिल परम्परामा विवाहको एक दिनपूर्व कर्मकाण्डीय विधिले ‘मटकोर’ सम्पन्न गर्ने चलन छ ।

त्रेता युगमा चन्द्रमासको मङ्सिर शुक्लपञ्चमीका दिन अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र विदेह ९मिथिला० नरेश शिरध्वज जनककी पुत्री जानकीको विवाह भएको सम्झनामा प्रत्येक वर्ष उत्सवका साथ यो पर्व मनाउने चलन छ । यसपालि मङ्सिर शुकल पञ्चमी भोलि मङ्गलबार हुँदा ‘मटकोर’ आज सम्पन्न गरिएको हो ।

‘मटकोर’ विधिमा मिथिलानीहरु जानकीस्वरुपा कन्यालाई अघि लगाएर मङ्गलगीत गाउँदै सागर पुगेर भूमिपूजन गर्दै माटो खनेर ल्याउँछन् । माटो खन्ने कार्यमा पूरुषहरूको पनि सहयोग लिइन्छ । खनिएको माटोले मठ परिसरकै मन्दिरको प्राङ्गणमा वैदिक विधिपूर्वक वेदी बनाइन्छ । यस अवसरमा जानकीस्वरुपा पात्रलाई बसाइ मङ्गलगीत गाइँदै विवाहको पूर्वाङ्ग ९कन्याको घरमा विवाहपूर्व गरिने वैदिक विधि० सम्पन्न गरिन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : ५५ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा