जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ « Khabarhub

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरासहित तीना जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा दमक वडा न६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीपका छोरा २९ वर्षीय विश्व लिङ्देन , दमक वडा नं ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली वडा नं ४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको दुईवटा हतियार र २० राउण्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् ।

गएराति लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका सरोजलाई एक थान ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल र सोको १५ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर सोधपुछ गर्दा उनले कांग्रेस नेता लिङदेनका छोरालाई अर्को हतियार राख्न दिएको बताएका थिए । त्यसको आधारमा लिङ्देनलाई उनको घरबाटै पक्राउ गरिएको थियो । लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवनलाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए ।

त्यसपछि लामो खोजीपछि काँकडभिट्टा शाखा कार्यालय र दमक प्रहरीको संयुक्त टोली इलाम पुगेको थियो। त्यहाँ पवन हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखिएको टाइप–५४ चाइनिज पेस्तोल एक थान, राउण्ड ५ (पेस्तोलमै लोड गरिएको अवस्थासहित) फेला पारियो। हतियारमा खिया लागेको देखिन्थ्यो। त्यसपछि प्रहरीले पनवलाई पनि पक्राउ गरेको हो ।

बरामद हतियारसहित तीनै जनालाई थप अनुसन्धानका लागि काठमाडाैं पठाइएको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ परेका मध्ये विश्वका बाबु विश्वदीप लिङ्देन २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट उम्मेदवार बनेका थिए र सो निर्वाचनमा उनी तत्कालीन एमाले नेता केपी शर्मा ओलीलाई हराउँदै चर्चामा आएका थिए। दुई वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनयन गरेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ३७ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट