आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो « Khabarhub

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु र कुहिरो लाग्ने छ ।

आज दिउँसो र राति पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ४३ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२