कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।

बैठकमा यही पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता वितरणमा अलमल भइरहेको विषयमा छलफल हुनेछ ।

नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्वका कारण महाधिवेशनकाे कार्यतालिका हेरफेर हुनसक्ने बुझिएको छ । आजको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

क्रियाशील सदस्यता टुंग्याएर पुस १६ मा वडा अधिवेशन गर्ने कार्यतालिका छ । यस्तै, पुस १७ मा पालिका अधिवेशन, पुस १९ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ ।

यसैगरी, पुस २१ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, पुस २२ मा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन, पुस २३ र २४ मा प्रदेश अधिवेशन र पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ५१ बजे

लाङटाङ क्षेत्रमा बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाँच यात्रु र पाइलट

काठमाडौं– मुस्ताङ हेलिको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको