संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै « Khabarhub

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर भएको पूरक रिटमा आज पेसी तोकिएको छ ।

नेपाली कांग्रेसका ६५ (पहिलेका ८ सहित) र अन्य तीन निवर्तमान सांसदले हस्ताक्षरसहित बुझाएको प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीले मङ्गलबार नेपाली कांग्रेसका ५७,  जनमत पार्टीकी गोमा लाभ, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) की हसिना खातुन र स्वतन्त्र योगेन्द्र मण्डलको हस्ताक्षरसहितको वारेसमार्फत सर्वोच्चमा रिट दिएका थिए ।

रिटमा प्रतिनिधिसभा निर्वाचनका सबै गतिविधि रोक्न माग गरिएको छ । पूरक निवेदनमा भनिएको छ– ‘असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनी नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनसमेत अवैधानिक हुने हुँदा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही प्रतिषेधको आदेश जारी गरी रोकिपाउँ ।’

यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसदले संसद पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गराएका थिए । उक्त रिटमा संवैधानिक इजलासले पुस २ गते कारण देखाउ आदेश जारी गरिसकेको छ ।

यस्तै, एमालेका ७५ सांसदहरूले मंसिर १० गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाएका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइमा राष्ट्रपति, प्रधानमन्त्रीसहितसँग लिखित जवाफ मागिएको छ । 

कग्रेस–एमाले र अन्यको गरी संसद पुनस्थापनाको माग गर्ने निवर्तमान सांसदको सङ्ख्या १४३ पुगेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ८ : ५८ बजे

लाङटाङ क्षेत्रमा बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाँच यात्रु र पाइलट

काठमाडौं– मुस्ताङ हेलिको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको