‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई « Khabarhub

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ ।

सतिसाले स्पोर्टिङ क्लब केराबारी–६ मोरङको आयोजनामा मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद दुई लाख दुई हजार २२२ रुपैयाँ र उपविजेता बेतना युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार पाएका छन् ।

इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो ।

टाइब्रेकरमा इन्ट्रा पथरी–११ का मन्जिल खड्का, सञ्जय लिम्बू, नीरज परियार, सौर्य राउतले गोल गर्दा बेतना युनाइटेडका विवेक पौडेल र रुद्र कार्कीले गोल गरे । बेतनाका आशिष लावती र निमा तामाङको प्रहार भने गोलपोष्टमा लागेर फर्किएको थियो ।

खेलको म्यान अफ दी म्याच बेतनाका विवेक पौडेल घोषित भए । प्रतियोगितामा बेतनाका मुस्कान लिम्बू उत्कृष्ट गोलरक्षक, मौसम सुब्बा उत्कृष्ट मिडफिल्डर र निमा तामाङ उत्कृष्ट फर्वड घोषित हुँदा इन्ट्रा पथरीका धिरेन क्षेत्री उत्कृष्ट डिफ्रेन्स, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक, मिक्चेन दास र सञ्जय लिम्बू हाइस्कोर र गोलरक्षक समिर क्षेत्री सर्वोकृष्ट खेलाडी घोषित भए ।

विजेता तथा उपविजेता टिमलाई एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी, केराबारी गाउँपलिका अध्यक्ष सुमन मिरिङचिङ मगर, वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ३४ बजे

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस