बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’ « Khabarhub

बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले पर्यटकीय क्षेत्र च्याङ्ग्रेमा रोपिएका बिरुवाको संरक्षण थालेको छ ।

हिउँदयाममा पानीको अभावका कारण बिरुवा सुक्ने जोखिम बढेपछि गाउँपालिकाले नियमित सिँचाइ, हेरचाह तथा संरक्षणका कार्यक्रम सुरु गरेको हो ।

च्याङ्ग्रे पोखरी तथा पौवादुङमा रङ्गशालाको आसपास क्षेत्रमा रोपिएका बिरुवालाई खडेरीबाट जोगाउन पानी व्यवस्थापन, मलजल, घेराबार तथा निगरानीका काम भइरहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।

‘च्याङ्ग्रे क्षेत्रलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ’, उनले भने, ‘साउन–भदौमा रोपिएका बिरुवा हिउँदमा मर्ने सम्भावना रहेकाले संरक्षणमा विशेष ध्यान दिएका हौँ ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गाउँपालिका र डिभिजन वन कार्यालयको साझेदारीमा च्याङ्ग्रे क्षेत्रमा विभिन्न जातका गुँरास, धुपी, कल्कीलगायतका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । रोपिएका बिरुवाको संरक्षणका लागि हेरालुसमेत व्यवस्था गरिएको छ ।

हरियाली प्रवर्द्धनसँगै वातावरणीय सन्तुलन कायम राख्दै, भूक्षय नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

च्याङग्रे क्षेत्र प्राकृतिक सौन्दर्य, पोखरी, खुला खेलमैदान र मनोरम दृश्यका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

गाउँपालिकाले आगामी दिनमा थप वृक्षरोपण, पदमार्ग सुधार, विश्रामस्थल निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ । (रासस)

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : ३५ बजे

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल