क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट « Khabarhub

क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन अक्टोबर महिनामा शून्य दशमलव तीन प्रतिशतले घटेको छ। यसले सेप्टेम्बरमा भएको शून्य दशमलव दुई प्रतिशतको वृद्धिलाई उल्ट्याएको क्यानाडाको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ।

तथ्यांक निकायका अनुसार वस्तु उत्पादन गर्ने र सेवा प्रदान गर्ने दुवै क्षेत्र संकुचित हुँदा कुल उत्पादनमा गिरावट आएको हो। अक्टोबरमा कुल २० मध्ये ११ औद्योगिक क्षेत्र संकुचित भएका छन्।

वस्तु उत्पादन गर्ने क्षेत्र अक्टोबरमा शून्य दशमलव सात प्रतिशतले घटेको छ। यस समूहअन्तर्गतका अधिकांश क्षेत्र कमजोर बनेका छन्, जसमा उत्पादन उद्योग सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।

सेवा प्रदान गर्ने क्षेत्र पनि सोही महिनामा शून्य दशमलव दुई प्रतिशतले घटेको छ। श्रमिक गतिविधि अवरुद्ध भएका केही घटनाले समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको तथ्यांक निकायले जनाएको छ।

यद्यपि प्रारम्भिक जानकारीअनुसार नोभेम्बर महिनामा उद्योगगत वास्तविक कुल गार्हस्थ्य उत्पादन शून्य दशमलव एक प्रतिशतले वृद्धि भएको देखिएको छ।

शिक्षा सेवा, निर्माण, यातायात तथा भण्डारण क्षेत्रमा भएको वृद्धिले कुल उत्पादनलाई केही सहयोग पुर्‍याए पनि खानी, ढुंगा उत्खनन, तेल तथा ग्यास उत्पादन र उत्पादन उद्योगमा आएको गिरावटले त्यसलाई आंशिक रूपमा सन्तुलनमा राखेको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ।
 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १२ : २६ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक