क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित « Khabarhub

क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण  आवासीय घरहरू प्रभावित हुँदा सयौँ मानिसहरू विस्थापित भएको जनाइएको छ । भने  क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँधीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउँदै राज्यको उत्तरी, मध्य र दक्षिणी भागका बासिन्दाहरूलाई अत्यधिक सावधानी अपनाउन चेतावनी दिएको छ। 

क्रिसमसको छुट्टीमा बाहिर निस्कने योजनाहरू माथि पुनर्विचार गर्न आह्वान गर्दै राष्ट्रिय मौसम सेवाका मौसमविद् एरियल कोहेनले प्रतिकुल समयमा सुरक्षित स्थानमै बसेर क्रिसमस मनाउन आग्रह गरेका छन् ।   

बुधवार देखि शुक्रबारसम्म विशेष गरी उच्च भूभाग र सडकहरू मार्फत चट्टान र माटोको ढलसँगै बाढीको सामना गर्नु पर्ने बताइएको छ । दक्षिणी क्यालिफोर्नियाका केही भागहरूमा ३०।५ सेन्टिमिटर सम्म वर्षा हुन सक्ने अनुमान गरिएको कोहेनले बताएका छन् । 

“जनवरीको जङ्गली आगोबाट प्रभावित क्षेत्रहरूसहित हालैका  प्रभावित क्षेत्रहरू माटो र भग्नावशेषको प्रवाहका लागि अत्यधिक संवेदनशील भएको एलए काउन्टीका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।

एलए कानून प्रवर्तनका अनुसार मंगलबार २०० भन्दा बढी प्रभावित घरहरू खाली गर्ने आदेश दिएको थियो । लस एन्जलस काउन्टी र राज्यका अन्य भागहरूमा मंगलबार देखि बाढीको निगरानी गरिएको थियो ।

क्यालिफोर्नियाको पूर्वी सिमानामा रहेको प्रमुख पर्वत शृङ्खला सिएरा नेभाडामा यस हप्ता एक फिट भन्दा बढी हिउँ परेको छ भने आँधी आउनु अघि नै पाँच फिटसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको थियो ।

आँधी राज्य भरि ८८ किलोमिटर प्रति घण्टा सम्मको हावाको वेगमा आउने पनि अपेक्षा गरिएको थियो । कमजोर माटो र तीव्र हावाको संयोजनले ठुलो सङ्ख्यामा रूख र बिजुलीका लाइनहरू झर्ने सम्भावना रहेको मौसम अधिकारीहरूले चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ०१ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक