क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित « Khabarhub

क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण  आवासीय घरहरू प्रभावित हुँदा सयौँ मानिसहरू विस्थापित भएको जनाइएको छ । भने  क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँधीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउँदै राज्यको उत्तरी, मध्य र दक्षिणी भागका बासिन्दाहरूलाई अत्यधिक सावधानी अपनाउन चेतावनी दिएको छ। 

क्रिसमसको छुट्टीमा बाहिर निस्कने योजनाहरू माथि पुनर्विचार गर्न आह्वान गर्दै राष्ट्रिय मौसम सेवाका मौसमविद् एरियल कोहेनले प्रतिकुल समयमा सुरक्षित स्थानमै बसेर क्रिसमस मनाउन आग्रह गरेका छन् ।   

बुधवार देखि शुक्रबारसम्म विशेष गरी उच्च भूभाग र सडकहरू मार्फत चट्टान र माटोको ढलसँगै बाढीको सामना गर्नु पर्ने बताइएको छ । दक्षिणी क्यालिफोर्नियाका केही भागहरूमा ३०।५ सेन्टिमिटर सम्म वर्षा हुन सक्ने अनुमान गरिएको कोहेनले बताएका छन् । 

“जनवरीको जङ्गली आगोबाट प्रभावित क्षेत्रहरूसहित हालैका  प्रभावित क्षेत्रहरू माटो र भग्नावशेषको प्रवाहका लागि अत्यधिक संवेदनशील भएको एलए काउन्टीका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।

एलए कानून प्रवर्तनका अनुसार मंगलबार २०० भन्दा बढी प्रभावित घरहरू खाली गर्ने आदेश दिएको थियो । लस एन्जलस काउन्टी र राज्यका अन्य भागहरूमा मंगलबार देखि बाढीको निगरानी गरिएको थियो ।

क्यालिफोर्नियाको पूर्वी सिमानामा रहेको प्रमुख पर्वत शृङ्खला सिएरा नेभाडामा यस हप्ता एक फिट भन्दा बढी हिउँ परेको छ भने आँधी आउनु अघि नै पाँच फिटसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको थियो ।

आँधी राज्य भरि ८८ किलोमिटर प्रति घण्टा सम्मको हावाको वेगमा आउने पनि अपेक्षा गरिएको थियो । कमजोर माटो र तीव्र हावाको संयोजनले ठुलो सङ्ख्यामा रूख र बिजुलीका लाइनहरू झर्ने सम्भावना रहेको मौसम अधिकारीहरूले चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ०१ बजे

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम