अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने « Khabarhub

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो । 

दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको बताए । 

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरूलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगी हुने उनले बताए । 

त्यस्तै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अन्तराष्ट्रिय डेरी एक्स्पोले दुग्ध किसानहरूलाई नयाँ प्रविधि र व्यवसायीक दुग्ध किसान बन्नका लागि सहयोग पुग्ने बताए । 

५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा नेपाल, भारत लगायतका दुग्ध उद्योगसँग सम्बन्धित प्रविधि उपकरणका साथै दुग्धजन्य उत्पादनहरू पशु औषधि भेटिनरी पशु आहार वित्तीय संस्थाहरू समेतको १ सय भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ५६ बजे

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

एजेन्सी– सैन्य गतिविधिका कारण विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि युक्रेनका

कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बसिरहेको छ। बैठक