बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु « Khabarhub

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

थापाले प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन्।

उनले शुक्रबार मात्रै गठित सरकारका हरेक सकारात्मक प्रयासमा नेपाली कांग्रेसको तर्फबाट रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता जनाएका छन्।

यस पटकको चुनावमा गगन सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भए । त्यस्तै कांग्रेस र एमाले नराम्रोसँग हार्दा रास्वपाले दुईतिहाइ नजिकको बहुमत ल्याएर सरकार बनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ३५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म