मन्त्री घिसिङले भने- सय दिनमा १ सय १ काम सम्पन्न गरियो « Khabarhub

मन्त्री घिसिङले भने- सय दिनमा १ सय १ काम सम्पन्न गरियो


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा जलस्रोत, उर्जा र सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने कार्यकालमा १ सय १ वटा काम सम्पन्न गरेको दाबी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले आफूले सम्हालेका तीनवटै मन्त्रालयमा जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै उल्लेखनीय काम सम्पन्न गरिएको बताए ।

उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३६, शहरी विकास मन्त्रालयअन्तर्गत ३३ तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत ३१ वटा प्रमुख काम सय दिनभित्र सम्पन्न भएका छन्।

मन्त्री घिसिङले आफूलाई ‘सेवक’को भूमिकामा राख्दै जेन–जीको मागअनुसार निस्वार्थ ढंगले काम गरिरहेको दाबी गरे। उनले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘मैले एक सेवकका रुपमा निस्वार्थ जेन–जीको माग अनुसार सेवाप्रवाह गरिरहेको छु । यसैक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा–३६, शहरी विकास मन्त्रालयमा–३३ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा–३१ वटा प्रमुख काम सम्पन्न गरिएको छ ।’ 

यस्तै, उनले ढिलाइ लापरबाही र बाहनाबाजीका कारण देशमा विकासले गति नलिएको बताउँदै त्यसो गर्ने जोकोही कारबाहीमा पर्ने थपे । 

‘अहिले उद्योगहरूले प्रयोग गरेको प्रिमियम महसुल सबैले तिर्न थालेका छन् । हाम्रो नेतृत्वमा प्रकृतिजन्य विपद् आउनु अगावै जल तथा मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा सरकारले तदारुकता देखाउँदा कम क्षति भएको अवगत नै छ । 

उनले थपे, उत्तरतर्फका भन्सार ठप्प हुँदा फिल्डमै पुगेर तातोपानी नाकासम्मको आवतजावत सहज बनाइयो । बञ्चरेडाडा ल्याडफिल्ड, मेलम्ची खानेपानी आयोजनामा स्थानीयबाट आएको समस्या हल गरियो ।’

मर्मत सुधार तथा विस्तार भइरहेका देशका ठुला सडक समयमै सम्पन्न गर्न र रुग्ण पारिएका आयोजना तोड्ने हिम्मत समेत आफूले देखाएको उनले भने । 

परिसरमा प्रशासनिक काम सकेर दस्तुर 

हिजो देखि अफिसमा बिदा लिएर बल्खु धाएको छु । अनलाइनबाटै सबै काम हुनेभए दाजुले अछामबाट नै यो काम गर्नुहुन्थ्यो ।

देशकै पुरानो विश्व विद्यालयले डिजिटल युगमा समेत आफूलाई समयानुकूल ढाल्न नसक्नु निकै लज्जाको विषय रहेको उनको आरोप छ ।

 यस्तो छ सय दिनको अवधिमा गरिएका प्रमुख कार्यको सूची 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ४७ बजे

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका