‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ? « Khabarhub

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग जोडिएका गोविन्दाका केही भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छन् । त्यो  भिडियोमा गोविन्दालाई ना’भीको अवतारमा देखाइएको छ र उनलाई हलिउडमा डेब्यु गरेको दाबी गरिएको छ ।

तर, यी सबै एआई प्रविधिद्वारा बनाइएका नक्कली सामग्री हुन् । फिल्ममा गोविन्दाको कुनै भूमिका छैन । भाइरल क्लिपहरूमा उनी चम्किला लुगामा देखिएका र आफ्नो पुरानो संवाद बोलिरहेको देखाइए पनि, वास्तविकता फरक छ ।

यद्यपि, गोविन्दा र ‘अवतार’ फिल्मबीचको चर्चा भने आजको मात्र होइन । केही समयअघि गोविन्दाले सार्वजनिक रूपमा निर्देशक जेम्स क्यामरुनले आफूलाई १८ करोड भारु पारिश्रमिकसहित मुख्य भूमिकाको अफर गरेको दाबी गरेका थिए । 

उनका अनुसार ४१० दिनसम्म लगातार सुटिङ गर्नुपर्ने र शरीरभरि रङ दल्नुपर्ने भएकाले स्वास्थ्य कारण देखाउँदै उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

यसरी, ‘अवतार’सँग जोडेर फैलाइएका गोविन्दाका भाइरल भिडियोहरू एआईबाट सिर्जित भ्रम मात्र भएको स्पष्ट भएको छ । सरोकारवालाहरूले सामाजिक सञ्जालमा देखिने सामग्रीलाई सत्यता जाँच गरेर मात्र विश्वास गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  २ : ०५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको