चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु « Khabarhub

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर पोखरीमा खसेपछि बालबालिका सहित आठ जनाको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।

घटना साङ्घाईबाट ४८० किलोमिटर पश्चिममा ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा भएको पानीको पेखरीमा भएको जनाइएको छ । पिपुल्स डेली प्रेस अन्तर्गतको प्रकाशन न्यू सेक्युरिटीका अनुसार हालैको वर्षाले गर्दा चिप्लो भएको सडकको तल्लो भागमा उक्त कार दुर्घटना भएको हो ।

सात सिटको एसयूभी सामान्यतया यस क्षेत्रका निजी शिशुस्यार (किन्डरगार्टेन)मा जाने बच्चाहरूलाई  ओसार पसार गर्न प्रयोग गरिएको रिपोर्टले जनाएको छ । 

दुर्घटनाको समयमा किन्डरगार्टेनका धेरै बालबालिका गाडीमा सवार रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

काउन्टी सुरक्षा अधिकारीहरूले प्रकाशित गरेको अघिल्लो वक्तव्यले चालक सहित आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विज्ञप्तिमा अन्य पीडितहरूको बारेमा कुनै जानकारी नदिइएको तर अनुसन्धान जारी रहेको बताइएको छ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  २ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली