सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा « Khabarhub

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।

समितिका संयोजक र सदस्यसहितको टोलीले आज जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचनसम्बन्धी छलफल गरेको हो । 

छलफलपछि उद्योग, पर्यटन र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री अनिल सिन्हाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन समयमा गर्नैपर्ने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

समितिका संयोजकसमेत रहेका उनले भने, ‘सरकारले के तयारी गरेको छ भन्ने कुराको हामीहरूले जानकारी दिएका छौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि बृहत् रुपमा छलफल भयो । निर्वाचनको तयारी भइरहेको बारेमा हामीले स्पष्ट रुपमा उल्लेख गरेका छौँ । उनले चुनाव गर्दा केही सुरक्षाका विषय उपायको बारेमा र केही अन्य ‘लजिस्टिक्स’हरुको बारेमा पनि सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । त्यसलाई सरकारले गहन रुपमा लिने छ भन्ने कुराको मैले जानकारी गराए ।’

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं समितिका सदस्य जगदीश खरेलले चुनावको वातावरण तयार गर्नका लागि सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै पुगेर छलफल प्रारम्भ गरेको बताए। नेपाल सरकारका प्रवक्तासमेत रहेका उनले सरकारले चुनावको आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनमा दलहरूको सहयोगका लागि आभार व्यक्त गरे।

मन्त्री खरेलले भने, ‘जति राजनीतिक दलहरूका कार्यालयमा पुग्यौँ, चुनावका लागि वातावरण बनिसकेको र चुनावका लागि उहाँहरु तयार भएको सन्देश हामीले पाएका छौँ र अब हामी सबै चुनावमा होमिनुपर्छ भन्नेमा सरकार उत्साही भएर अगाडि बढेको यहाँहरुलाई जानकारी गराउँछु ।’

छलफलपछि अध्यक्ष राउतले सरकारको यो कदम सकारात्मक भएको उल्लेख गर्दै निर्वाचनको विषयमा जनमत पार्टीले सुरुदेखि नै भाग लिने भनेर निर्णय गरेको अवगत गराए।

‘त्यसका लागि आवश्यक तयारी जनमत पार्टीले गर्दै आएको छ । हामीले मेचीदेखि महाकालीसम्म एक चरण तयारी गरिसकेका छौँ । हामीले निर्वाचनको क्रममा हुनुपर्ने केही सुरक्षाका कुराको विषयमा  सरकारसँग कुरा राखेका छौँ र त्यसका लागि पनि हामीले सरकारबाट राम्रै आश्वासन पाएका छौँ ।’ 

निर्वाचनमा सुरक्षादेखि हतियारका कुरा र कैदीबन्दी बाहिर भएको विषयमा कुरा उठाएको र सरकारबाट त्यसका लागि सकारात्मक आश्वासन पाएको अध्यक्ष राउतले बताए।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ०७ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार