सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा « Khabarhub

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।

समितिका संयोजक र सदस्यसहितको टोलीले आज जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचनसम्बन्धी छलफल गरेको हो । 

छलफलपछि उद्योग, पर्यटन र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री अनिल सिन्हाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन समयमा गर्नैपर्ने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

समितिका संयोजकसमेत रहेका उनले भने, ‘सरकारले के तयारी गरेको छ भन्ने कुराको हामीहरूले जानकारी दिएका छौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि बृहत् रुपमा छलफल भयो । निर्वाचनको तयारी भइरहेको बारेमा हामीले स्पष्ट रुपमा उल्लेख गरेका छौँ । उनले चुनाव गर्दा केही सुरक्षाका विषय उपायको बारेमा र केही अन्य ‘लजिस्टिक्स’हरुको बारेमा पनि सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । त्यसलाई सरकारले गहन रुपमा लिने छ भन्ने कुराको मैले जानकारी गराए ।’

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं समितिका सदस्य जगदीश खरेलले चुनावको वातावरण तयार गर्नका लागि सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै पुगेर छलफल प्रारम्भ गरेको बताए। नेपाल सरकारका प्रवक्तासमेत रहेका उनले सरकारले चुनावको आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनमा दलहरूको सहयोगका लागि आभार व्यक्त गरे।

मन्त्री खरेलले भने, ‘जति राजनीतिक दलहरूका कार्यालयमा पुग्यौँ, चुनावका लागि वातावरण बनिसकेको र चुनावका लागि उहाँहरु तयार भएको सन्देश हामीले पाएका छौँ र अब हामी सबै चुनावमा होमिनुपर्छ भन्नेमा सरकार उत्साही भएर अगाडि बढेको यहाँहरुलाई जानकारी गराउँछु ।’

छलफलपछि अध्यक्ष राउतले सरकारको यो कदम सकारात्मक भएको उल्लेख गर्दै निर्वाचनको विषयमा जनमत पार्टीले सुरुदेखि नै भाग लिने भनेर निर्णय गरेको अवगत गराए।

‘त्यसका लागि आवश्यक तयारी जनमत पार्टीले गर्दै आएको छ । हामीले मेचीदेखि महाकालीसम्म एक चरण तयारी गरिसकेका छौँ । हामीले निर्वाचनको क्रममा हुनुपर्ने केही सुरक्षाका कुराको विषयमा  सरकारसँग कुरा राखेका छौँ र त्यसका लागि पनि हामीले सरकारबाट राम्रै आश्वासन पाएका छौँ ।’ 

निर्वाचनमा सुरक्षादेखि हतियारका कुरा र कैदीबन्दी बाहिर भएको विषयमा कुरा उठाएको र सरकारबाट त्यसका लागि सकारात्मक आश्वासन पाएको अध्यक्ष राउतले बताए।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ०७ बजे

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम