तारिक रहमान स्वदेश फिर्तीको तयारीमा « Khabarhub

तारिक रहमान स्वदेश फिर्तीको तयारीमा


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहेका छन् ।

लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका उनी आगामी प्रमुख आमनिर्वाचनअघि ढाका आइपुग्ने तयारीमा छन् ।

६० वर्षीय रहमानले सन् २००८ मा आफूविरुद्ध राजनीतिक रूपमा प्रेरित उत्पीडन भएको आरोप लगाउँदै बङ्गलादेश छोडेका थिए । बिएनपीका कार्यवाहक अध्यक्ष रहेका उनले बिरामी आमाबाट पार्टीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ । उनकी आमा, ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि अस्वस्थ रहँदै आएका छन् ।

स्वास्थ्य समस्या र कारावासको कठिन समय बिताए पनि जियाले नोभेम्बरमा सन् २०२६ फेब्रुअरी १२ मा हुने आमनिर्वाचनमा प्रचार गर्ने घोषणा गरेका थिए । तर त्यसको केही समयपछि उनी अस्पताल भर्ना भएका छन् र हाल सघन उपचार कक्षमा उपचाररत छन्।

यो निर्वाचन पूर्वप्रधानमन्त्री शेख हसिनाको करिब १५ वर्ष लामो शासनपछि हुने पहिलो चुनाव हो । गत वर्षको जनआन्दोलनपछि शेख हसिनाको शासन अन्त्य भएको थियो । शेख हसिनासँग बिएनपीको लामो समयदेखि तीव्र राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ ।

शेख हसिना सत्ताबाट बाहिरिएपछि रहमानमाथि लगाइएका केही गम्भीर अभियोगहरू खारेज गरिएका छन् । सन् २००४ मा शेख हसिनाको र्‍यालीमा भएको ग्रेनेड आक्रमणको षड्यन्त्रमा संलग्न रहेको आरोपमा उनलाई अनुपस्थितिमै आजीवन कारावासको सजाय सुनाइएको थियो, जसलाई उनले सधैँ अस्वीकार गर्दै आएका छन् ।

बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरले डिसेम्बर २५ मा रहमान ‘ढाकाको भूमिमा हामीबीच आइपुग्ने’ बताउँदै त्यस दिनलाई पार्टीका लागि ऐतिहासिक र उत्साहजनक हुने उल्लेख गरेका छन् ।

राजनीतिमा प्रवेश गर्नु अघि ढाका विश्वविद्यालयमा अध्ययन गर्नुभएका रहमान युवावस्थामै बिएनपीमा सक्रिय थिए । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ४३ बजे

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक