तारिक रहमान स्वदेश फिर्तीको तयारीमा « Khabarhub

तारिक रहमान स्वदेश फिर्तीको तयारीमा


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहेका छन् ।

लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका उनी आगामी प्रमुख आमनिर्वाचनअघि ढाका आइपुग्ने तयारीमा छन् ।

६० वर्षीय रहमानले सन् २००८ मा आफूविरुद्ध राजनीतिक रूपमा प्रेरित उत्पीडन भएको आरोप लगाउँदै बङ्गलादेश छोडेका थिए । बिएनपीका कार्यवाहक अध्यक्ष रहेका उनले बिरामी आमाबाट पार्टीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ । उनकी आमा, ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि अस्वस्थ रहँदै आएका छन् ।

स्वास्थ्य समस्या र कारावासको कठिन समय बिताए पनि जियाले नोभेम्बरमा सन् २०२६ फेब्रुअरी १२ मा हुने आमनिर्वाचनमा प्रचार गर्ने घोषणा गरेका थिए । तर त्यसको केही समयपछि उनी अस्पताल भर्ना भएका छन् र हाल सघन उपचार कक्षमा उपचाररत छन्।

यो निर्वाचन पूर्वप्रधानमन्त्री शेख हसिनाको करिब १५ वर्ष लामो शासनपछि हुने पहिलो चुनाव हो । गत वर्षको जनआन्दोलनपछि शेख हसिनाको शासन अन्त्य भएको थियो । शेख हसिनासँग बिएनपीको लामो समयदेखि तीव्र राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ ।

शेख हसिना सत्ताबाट बाहिरिएपछि रहमानमाथि लगाइएका केही गम्भीर अभियोगहरू खारेज गरिएका छन् । सन् २००४ मा शेख हसिनाको र्‍यालीमा भएको ग्रेनेड आक्रमणको षड्यन्त्रमा संलग्न रहेको आरोपमा उनलाई अनुपस्थितिमै आजीवन कारावासको सजाय सुनाइएको थियो, जसलाई उनले सधैँ अस्वीकार गर्दै आएका छन् ।

बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरले डिसेम्बर २५ मा रहमान ‘ढाकाको भूमिमा हामीबीच आइपुग्ने’ बताउँदै त्यस दिनलाई पार्टीका लागि ऐतिहासिक र उत्साहजनक हुने उल्लेख गरेका छन् ।

राजनीतिमा प्रवेश गर्नु अघि ढाका विश्वविद्यालयमा अध्ययन गर्नुभएका रहमान युवावस्थामै बिएनपीमा सक्रिय थिए । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ४३ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल