बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी  « Khabarhub

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा अस्पतालमा नलैजान एम्बुलेन्स चालकहरूलाई आग्रह गरेको छ । 

बिरामी तथा घाइतेको इच्छा विपरीत एम्बुलेन्स चालकले निजी तथा महँगा अस्पतालहरूमा बिरामी लैजाने गरेको गुनासो आउन थालेपछि मन्त्रालयले एक सुचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका २०७८ अनुसार सबै एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।

अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

निर्देशिका विपरीत बिरामी वा आफन्तबाट अतिरिक्त शुल्क लिने, निजी स्वास्थ्य संस्थामा मात्र बिरामी लैजान बाध्य बनाउने तथा आर्थिक लाभ लिने कार्य नगर्न मन्त्रालयले चेतावनी दिएको छ । यस्ता कार्य गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आपत्कालीन अवस्थामा बिरामीलाई नजिकको उपयुक्त स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था सुनिश्चित गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : ०९ बजे

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज