बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी  « Khabarhub

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा अस्पतालमा नलैजान एम्बुलेन्स चालकहरूलाई आग्रह गरेको छ । 

बिरामी तथा घाइतेको इच्छा विपरीत एम्बुलेन्स चालकले निजी तथा महँगा अस्पतालहरूमा बिरामी लैजाने गरेको गुनासो आउन थालेपछि मन्त्रालयले एक सुचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका २०७८ अनुसार सबै एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।

अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

निर्देशिका विपरीत बिरामी वा आफन्तबाट अतिरिक्त शुल्क लिने, निजी स्वास्थ्य संस्थामा मात्र बिरामी लैजान बाध्य बनाउने तथा आर्थिक लाभ लिने कार्य नगर्न मन्त्रालयले चेतावनी दिएको छ । यस्ता कार्य गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आपत्कालीन अवस्थामा बिरामीलाई नजिकको उपयुक्त स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था सुनिश्चित गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : ०९ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन