कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो « Khabarhub

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी ट्रेड शो ‘कस्मेटिका २०२५’ यही पुस ११–१३) मा हुने भएको छ।

नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा हाउस अफ राजकर्निकारद्वारा यो कार्यक्रम सञ्चालन हुने भएको छ।

नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोगमा यो एक्स्पो हुन लागको हो ।

कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता र व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ।

बी टु बी र बी टु सी दुवै वर्गका लागि लक्षित गरिएको यो एक्स्पोमार्फत् कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैलीहरू प्रदर्शन गरिनेछ।

एक्स्पोमा सहभागी हुने प्रदर्शकहरूमा कस्मेटिक ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर र वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर केयर क्लिनिक, डेन्टल कस्मेटिक क्लिनिक लगायतका संस्थाहरू रहनेछन्।

आगन्तुकहरूमा उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू सहभागी हुनेछन्।

कार्यक्रम अवधिभर हल अफ फेम, निःशुल्क ट्रायल, ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, कार्यशाला र सेमिनार, प्रत्यक्ष परामर्श लगायतका गतिविधि सञ्चालन गरिनेछ।

वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी, इसास ब्युटी लगायतका प्रस्तुति र सत्रहरू मुख्य आकर्षण हुनेछन्।

नेपालमा पछिल्लो दशकमा कस्मेटिक्स र वेलनेस बजार उल्लेखनीय रूपमा विस्तार भएको छ। सामाजिक मूल्य, जीवनशैली र ट्रेन्ड परिवर्तनका कारण उपभोक्तामा व्यक्तिगत छवि, स्वास्थ्य र आत्मविश्वास बढाउने उत्पादन तथा सेवामा बढी माग आएको छ।

हाल नेपालमा कस्मेटिक्स बजारको कुल मूल्य करिब रु. २३.६ अर्ब पुगेको छ भने आयात रु. २०.४ अर्ब अनुमान गरिएको छ। यस बजारले वार्षिक २०–२५ प्रतिशत वृद्धि दर कायम राखिरहेको छ।

उद्योगका विशेषज्ञहरूको मत अनुसार, कस्मेटिका २०२५ नेपालमा सौन्दर्य, पर्सनल केयर र वेलनेस क्षेत्रका उत्पादक र वितरकहरूका लागि आफ्नो उपस्थिति मजबुत बनाउन उत्कृष्ट अवसर हुनेछ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ५६ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक