प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस « Khabarhub

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ जिल्ला समितिले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको केन्द्रीय परिपत्रअनुसार बसेको जिल्ला समितिको बैठकले काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।

जिल्ला समितिको निर्णयअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं. ८-९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्र कुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ।

पार्टीका अनुसार सिफारिस गरिएका दुवै नेताहरू संगठन विस्तार र जनआन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्।

 केन्द्रीय वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका सायमी स्थानीय मुद्दा र जनसरोकारका विषयमा प्रखर व्यक्तिका रूपमा चिनिन्छन् । 

केन्द्रीय प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठ राजनीतिक गतिविधि र वैचारिक बहसमा सक्रिय छन् । पार्टीको नीति, सिद्धान्त र जनभावनालाई कदर गर्दै उनीहरूलाई योग्य उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला समितिले जनाएको छ।

काठमाडौँ जिल्ला समितिले सिफारिस गरिएका नामहरूमाथि आवश्यक निर्णय लिन र चुनावी प्रक्रियालाई अगाडि बढाउन पार्टीको केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि उम्मेदवारीले औपचारिकता पाउनेछ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : २० बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक