प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस « Khabarhub

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ जिल्ला समितिले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको केन्द्रीय परिपत्रअनुसार बसेको जिल्ला समितिको बैठकले काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।

जिल्ला समितिको निर्णयअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं. ८-९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्र कुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ।

पार्टीका अनुसार सिफारिस गरिएका दुवै नेताहरू संगठन विस्तार र जनआन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्।

 केन्द्रीय वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका सायमी स्थानीय मुद्दा र जनसरोकारका विषयमा प्रखर व्यक्तिका रूपमा चिनिन्छन् । 

केन्द्रीय प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठ राजनीतिक गतिविधि र वैचारिक बहसमा सक्रिय छन् । पार्टीको नीति, सिद्धान्त र जनभावनालाई कदर गर्दै उनीहरूलाई योग्य उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला समितिले जनाएको छ।

काठमाडौँ जिल्ला समितिले सिफारिस गरिएका नामहरूमाथि आवश्यक निर्णय लिन र चुनावी प्रक्रियालाई अगाडि बढाउन पार्टीको केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि उम्मेदवारीले औपचारिकता पाउनेछ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : २० बजे

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका