पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा « Khabarhub

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको महाधिवेशनको सुनिश्चितताका लागि वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । 

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले कार्यतालिका अनुसार महाधिवेशन गर्न समयको दबाब रहेकाले वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्  । 

अन्य अधिवेशन महाधिवेशनपछि गर्न सकिने उनको प्रस्ताव छ । थापाले क्रियाशील सदस्यताको विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमा उठाउनुपर्ने समेत बताएका छन् । 

बैठकपछि महामन्त्री थापाले पुस १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते, २३ गते क्षेत्रको अधिवेशन र २६ गते केन्द्रीय महाधिवेशन गर्न सकिने आफ्नो प्रस्ताव रहेको जानकारी दिए । 

प्रस्तावित कार्यतालिकामा सहमत नभए महाधिवेशनमा नै असर पर्ने उनको भनाइ छ । उनले आफूले प्रस्ताव गरेको विकल्प प्रस्ताव अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने स्पष्ट पारे । 

त्यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक दिएको आरोप लगाए  । पार्टी बैठकमा नआए पनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी गरे । पार्टीको सर्वोत्तम हितका बारेमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले महामन्त्री थापाको प्रस्तावमाथि छलफल सुरु भएको जानकारी दिए  । कार्यतालिका हेरफेरले महाधिवेशनलाई असर पार्ने अवस्था आउन नहुनेमा अन्य सदस्यहरूको जोड रहेको प्रवक्ता महतले बताए । उनले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको पनि जानकारी दिए ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— महेन्द्र यादव र बद्री पाण्डे सदस्यहरु– बिजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, एन.पी.साउँद र आनन्द प्रसाद ढुङ्गानाले धारणा राखेका थिए  । बैठक बिहीबार दिउँसा १ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ४२ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न