कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित « Khabarhub

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय तहहरूले सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले बालबालिकालाई पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन् ।

श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका शिक्षक ईश्वरी भट्टले भने, “अत्यधिक चिसोका कारण विद्यालयमा आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको छ, चिसोले गर्दा ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढी देखिएको छ, चिसो बढेपछि नगरपालिकाले तीन दिन बिदा दिएपछि केही राहत हुने भएको छ ।”

हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जनप्रतिनिधिले पनि सुरक्षा सतर्कताका लागि सक्रियता देखाएका छन् । कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष बाबुराम चौधरीले बिहान र साँझको समयमा चिसो अत्यधिक हुने भएकाले विशेष सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरेका छन् ।

यसैगरी, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले चिसोबाट बालबालिका, सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्न आह्वान गर्नुभएको छ । अध्यक्ष रानाले गाउँपालिकाभित्रका सामुदायिक वनहरूलाई सार्वजनिक चोक तथा बस्तीमा दाउरा उपलब्ध गराइदिन आग्रहसमेत गरेका छन् ।

“चिसो र शीतलहरले दैनिक कार्यमा कठिनाइ हुनुका साथै स्वास्थ्य जोखिम बढाएको छ”, अध्यक्ष रानाले भने, “यस्तो कठिन अवस्थामा आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित पारौँ ।”

शीतलहरका कारण कञ्चनपुरको जनजीवन ठप्पजस्तै बनेको छ । बजारमा चहलपहल घटेको छ भने सडकमा गुड्ने सवारीसाधन बाक्लो हुस्सुका कारण दिउँसै हेडलाइट बालेर हिँड्न बाध्य छन् । चिकित्सकहरूले चिसोबाट बच्न मनतातो पानी पिउन, न्यानो लुगा लगाउन र सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । स्थानीय तहहरूले चिसोबाट हुनसक्ने मानवीय क्षति कम गर्न आआफ्नोतर्फबाट सचेतनाका कार्य अगाडि बढाइरहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ०८ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक