कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि… « Khabarhub

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थालेपछि मापदण्डअनुसार सुधार गर्न जनप्रतिनिधि र उपभोक्ताले दबाव दिएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत बेनी नगरपालिका– १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै ‘डिबिएसटी’ प्रबिधिको कालोपत्र गरिएको थियो ।

बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको विषयमा वडा नं १ का अध्यक्ष टेकबहादुर थापा र २ का अध्यक्ष यामबहादुर कार्की, पूर्वअध्यक्ष हिराबहादुर थापासहित स्थानीयवासी आज सडक डिभिजन कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले सडक डिभिजनका निमित्त प्रमुख विष्णु लामिछाने र निर्माण कम्पनी गजेन्द्र–नयाँबाटो जेभीका आयोजना व्यवस्थापक अरुण सेढाईंलाई प्रत्यक्ष निरीक्षण गराएका छन् । “यो सडकको बेस बिछ्याउँदादेखि गुणस्तरीय नभएको गुनासो थियो । सो विषय लिखित रुपमा सचेत गराउँदा पनि सुनुवाइ भएन”, वडा नं २ का अध्यक्ष कार्कीले भने, “बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र कार्पेट बिछ्याएको जस्तो भएको छ ।”

नौ मिटर चौडाइको सो सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी गर्ने सम्झौता छ । उक्त योजनाका लागि २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनामा सम्पन्न गर्ने म्याद रहेकामा पुनः आगामी फागुनसम्म काम गर्ने म्याद थप भएको छ ।

सडक डिभिजनका अनुसार हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख लामिछानेले सडकमा देखिएको समस्यालाई सुधार गर्न लगाइने प्रतिबद्धता जनाए ।

निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाईंले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा बिछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्डअनुसार बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ५१ बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको