आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ कृष्ण पक्षको एकादशी तिथि। षट्तिला एकादशी व्रत। तदनुसार सन् २०२५ जनवरी २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकर्मीले तपाईंको विरोध गर्नेछन्। मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ। खानपानमा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ।

वृष : दिन सामान्य छ। रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको कामप्रति साथीले असन्तुष्टि जनाउने छन्। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ। धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ। तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : सानो कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ। लगानी गर्ने भए सहकार्यको आँचो देखिन्छ। धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ।

कन्या : दिन राम्रो छ। साथीको साथ र सहयोग मिल्नेछ। शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा फाइदा हुने योग रहेको छ।

तुला : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ। परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ।

वृश्चिक : उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेका छन्। राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ। साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनु : आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : ११ औं स्थानमा चन्द्रमा पुगेकाले थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ।

कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ।

मीन : नवौ भावमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ५ : ०२ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल