डलरको भाउ घट्यो, शनिबार कुन विदेशी मुद्राको विनियमदर कति ? « Khabarhub

डलरको भाउ घट्यो, शनिबार कुन विदेशी मुद्राको विनियमदर कति ?


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ। यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ घटेको छ। त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ। निमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य बढेको छ।

राष्ट्र बैङ्कका अनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ २४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ७० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ९५ पैसा र बिक्रीदर ८७ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८३ पैसा र बिक्री दर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ र बिक्रीदर १९ रुपियाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर ३६ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ६१ पैसा र बिक्रीदर १२ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्री दर १९ रुपियाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६७ पैसा र बिक्रीदर १७ रुपियाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपियाँ ८० पैसा र बिक्रीदर चार सय ४८ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपियाँ ७२ पैसो ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपियाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ १५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ५ : ५० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।