हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक « Khabarhub

हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक गरेको छ। हमासका अनुसार सेनाहरू करिना, अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड रिहा हुने भएका छन्।

इजरायलले पनि यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ। आइतबार इजरायलमा युद्ध विराम लागु भए यता यो दोस्रो पटक बन्दी रिहा हुन लागेका हुन्। पहिला तीन बन्दी र इजरायली जेलबाट ९० जना छाडिने छन्।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा हमला परेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्ध विरामसँगै रोकिएको हो।

युद्धमा इजरायलले गरेको आक्रमणका कारण करिब ४७ हजारको ज्यान गएको थियो।

सर्वसाधारण महिला यर्बेद यहुद पनि शनिबार रिहा हुने सूचीमा हुने अनुमान गरिएको थियो। उनलाई अर्कै सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहादले नियन्त्रणमा लिएको पनि इजरायली सञ्चार माध्यमले जनाएका छन्। यो पाँच साताको बिचमा अन्य २६ बन्दीको बारे पनि हमासले जानकारी गराउने अपेक्षा गरिएको छ।

शनिबार रिहा हुन लागेका तीन इजरायली गाजा सीमामा रहेको र उनीहरूलाई हमासका बन्दुकधारीले नियन्त्रणमा लिएर हात पछाडि बाँधेर लिएर गएको फुटेज सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : ३६ बजे

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच

भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी

नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी