अष्ट्रेलियामा २४ सय नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ « Khabarhub

अष्ट्रेलियामा २४ सय नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरता र अष्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा पछिल्लो एक वर्षमा दुई हजार चार सय नेपालीले मोबाइल पासपोर्ट सेवा लिएका छन् ।

अष्ट्रेलियाका पाँचवटा प्रमुख सहरमा सञ्चालन भएको मोबाइल पासपोर्ट सेवाबाट त्यहाँ रहेका नेपालीहरू लाभान्वित भएको जनाइएको छ ।

राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट टाढा रहेका स्थानहरूमा पासपोर्ट नवीकरणको समस्या समाधान गर्न एनआरएनए अष्ट्रेलियाले अग्रसरता लिएको थियो । यो सेवाले समुदायलाई समय र श्रम बचत मात्र नगरी लाखौँको खर्च जोगाउन समेत मद्दत गरेको पुगेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

एनआरएनएका स्वयंसेवकहरूले आवेदन संकलनदेखि प्राविधिक व्यवस्थापन तथा दूतावाससँग समन्वय गरी सेवालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो सेवाको व्यवस्थापनका लागि २५ अष्ट्रेलिया डलरदेखि ७० डलरसम्म प्रशासनिक शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

नेपालीहरूलाई सहज रुपमा सेवा प्रदान गर्न सुरु गरिएको उक्त सेवाबाट समयमै पासपोर्ट नवीकरण गर्न नसकेका नेपालीहरूले ठूलो राहत पाएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए ।

‘यो सेवा यहाँ रहेका नेपाली समुदायको माग र आवश्यकताअनुसार आयोजना गरिएको हो, जसले सेवा लिन असमर्थ रहेका धेरै नेपालीलाई प्रत्यक्ष लाभ  पुर्‍याएकाे छ’, उनले भने । आगामी दिनमा यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानेमा समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : ४२ बजे

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि