बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ ! « Khabarhub

बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ !


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो समय आपराधिक घटनाहरूमा वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार; मङ्सिर महिनाको तुलनामा पुसमा आपराधिक घटनामा मुद्दा दर्ता नै ३.९२ प्रतिशतले बढेको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पुस महिनाको प्रदेशगत रूपमा अपराध दर्ता संख्याको तथ्याङ्कअनुसार मङ्सिर महिनाको तुलनामा ३.९२ प्रतिशतले अपराध बढेको पाइएको छ ।

प्रहरीका अनुसार मङ्सिरमा देशभर ४ हजार १८१ वटा मुद्दा दर्ता भएका थिए भने पुसमा चार हजार ३४५ मुद्दा दर्ता भएका छन् । जुन अघिल्लो महिनाको तुलनामा ३.९२ प्रतिशतले बढी हो ।

प्रहरीले गत पुस महिनामा सबैभन्दा बढी काठमाडौंमा एक हजार ३६३ र सबैभन्दा कम कर्णाली प्रदेशमा १५१ मुद्दा दर्ता भएको जनाएको छ ।

गत महिनाभित्र मधेश प्रदेशमा ६५०, कोशी प्रदेशमा ६३०, लुम्बिनी प्रदेशमा ५४६, बागमती प्रदेशमा ४२९, गण्डकी पूदेशमा ३०६ र सुदूरपश्चिम प्रदेशमा २७० मुद्दा दायर भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीले सार्वजनिक गरेको शीर्षकगत अपराधको तथ्याङ्कअनुसार गत महिना ज्यानसम्बन्धी ६०७, आत्महत्या सम्बन्धी ४२४, संगठित/आर्थिक अपराध अन्तर्गत ६९५ मुद्दा दर्ता भएका पाइएको छ ।

यस्तै ६६९ सामाजिक अपराधसम्बन्धी, २४६ महिला/बालबालिका विरुद्ध, २११ सवारीसम्बन्धी र १ हजार २२१ विधि मुद्दा दर्ता भएका छन् ।

प्रहरी दर्ता भएका १० वटा शीर्ष मुद्दाहरूको तथ्यांक पनि सार्वजनिक गरेको छ । जसअनुसार बंैकिङ कसुरमा १ हजार १४६, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध ६१० मुद्दा रहेका छन् ।

यस्तै आत्महत्यामा ४२४, लागु औषधमा २१३, चौरीमा २७२, ठगीमा २२२, सवारी ज्यानमा १६८, जबरजस्ती करणीमा १५०, ज्यान मार्ने उद्योगमा ८५ र कर्तव्य ज्यानमा ४१ मुद्दा दर्ता भएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : ५२ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,