बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ ! « Khabarhub

बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ !


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो समय आपराधिक घटनाहरूमा वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार; मङ्सिर महिनाको तुलनामा पुसमा आपराधिक घटनामा मुद्दा दर्ता नै ३.९२ प्रतिशतले बढेको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पुस महिनाको प्रदेशगत रूपमा अपराध दर्ता संख्याको तथ्याङ्कअनुसार मङ्सिर महिनाको तुलनामा ३.९२ प्रतिशतले अपराध बढेको पाइएको छ ।

प्रहरीका अनुसार मङ्सिरमा देशभर ४ हजार १८१ वटा मुद्दा दर्ता भएका थिए भने पुसमा चार हजार ३४५ मुद्दा दर्ता भएका छन् । जुन अघिल्लो महिनाको तुलनामा ३.९२ प्रतिशतले बढी हो ।

प्रहरीले गत पुस महिनामा सबैभन्दा बढी काठमाडौंमा एक हजार ३६३ र सबैभन्दा कम कर्णाली प्रदेशमा १५१ मुद्दा दर्ता भएको जनाएको छ ।

गत महिनाभित्र मधेश प्रदेशमा ६५०, कोशी प्रदेशमा ६३०, लुम्बिनी प्रदेशमा ५४६, बागमती प्रदेशमा ४२९, गण्डकी पूदेशमा ३०६ र सुदूरपश्चिम प्रदेशमा २७० मुद्दा दायर भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीले सार्वजनिक गरेको शीर्षकगत अपराधको तथ्याङ्कअनुसार गत महिना ज्यानसम्बन्धी ६०७, आत्महत्या सम्बन्धी ४२४, संगठित/आर्थिक अपराध अन्तर्गत ६९५ मुद्दा दर्ता भएका पाइएको छ ।

यस्तै ६६९ सामाजिक अपराधसम्बन्धी, २४६ महिला/बालबालिका विरुद्ध, २११ सवारीसम्बन्धी र १ हजार २२१ विधि मुद्दा दर्ता भएका छन् ।

प्रहरी दर्ता भएका १० वटा शीर्ष मुद्दाहरूको तथ्यांक पनि सार्वजनिक गरेको छ । जसअनुसार बंैकिङ कसुरमा १ हजार १४६, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध ६१० मुद्दा रहेका छन् ।

यस्तै आत्महत्यामा ४२४, लागु औषधमा २१३, चौरीमा २७२, ठगीमा २२२, सवारी ज्यानमा १६८, जबरजस्ती करणीमा १५०, ज्यान मार्ने उद्योगमा ८५ र कर्तव्य ज्यानमा ४१ मुद्दा दर्ता भएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : ५२ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी