रास्वपा कार्यकर्ताद्वारा पूर्वमुख्यमन्त्री रावलमाथि दुर्व्यवहार, छानविन गर्न सचिवालयको माग  « Khabarhub

रास्वपा कार्यकर्ताद्वारा पूर्वमुख्यमन्त्री रावलमाथि दुर्व्यवहार, छानविन गर्न सचिवालयको माग 


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री  तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।  

शनिबार काम विशेषले धनगढी जाने क्रममा कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा रास्वपाका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन । रावलको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गरेको घटनाको भर्त्सना गरेको छ। 

रास्वपा कार्यकर्ताहरूले पूर्वमुख्यमन्त्री रावल चढेको गाडीलाई रोकेर चालकलाई गाली, गलौच र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानुनी राजको खिल्ली उडाएको प्रतीत भएको विज्ञप्तिमा उल्लेख छ। 

‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मूकदर्शक भएर  अराजक समूहको अगाडि निरीहता देखाएकोमा आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ। 

अराजक कार्यकर्ताहरूले सामाजिक सञ्जालहरुमा चरित्र हत्या हुने ढंगले भिडिओको केही अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पु¥याउने कुकृत्यप्रति  आपत्ति जनाएको छ। 

यस्ता कार्यमा संलग्नलाई कारवाहीका लागि कानुनी बाटो खोजिने विज्ञप्तिमा भनिएको छ। विदाको दिन प्रदेश सभा सचिवालबाट सवारी अनुमति लिएर सरकारी काम विशेषले गइरहेका बेला अनावश्यक रूपमा योजनाबद्ध ढंगले उछृङखल समूहले बाटो छेकेर अमानवीय व्यवहार प्रदर्शन गरेको रावलको सचिवालयले जनाएको छ। 

घटनाको सत्य, तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरिएको छ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : ३२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,